कुशल भुर्तेलको चौंथो अर्धशतक


११ बैशाख २०७८, शनिबार
kusal

काठमाडौं, ११ बैसाख । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज उपाधि हात पार्न अहिले नेपाल र नेदरल्याण्ड्सले भिडिरहेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ४३ बल खेल्दै ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाएका छन् ।

उनले १३ औं ओभरको चौथो बलमा छक्का प्रहार गरेर अर्धशतक प्रहार गरेका हुन् । सिरिजको फाइलन खेल खेलिरहेका कुशलको यो चौथो खेलमा अर्धशतक हो । उनले सिरिजका तीन खेलमा अर्धशतक प्रहार गरिसकेका छन् । कुशलले नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका कुशलले मलेसियाविरुद्ध ६१ रन बनाए भने उनले पुनः नेदरल्यान्ड्सविरुद्धको खेलमा ६२ रन बनाएका थिए ।

नेपालले यसअघि दुई विकेट गुमाएको थियो । ९ ओभर ३ बलमा ज्ञानेन्द्र ३३ रन बनाएर आउट भए । उनले १९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे । ज्ञानेद्रलाई फिलिपे बोइसरिनले क्याच आउट गराएका हुन् । फिलिपेको बलमा पिटर सेलरले क्याच आउट गराए ।
तेस्रो ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनरमा आएका आसिफ शेख १६ रन बनाएर आउट भए । उनले ८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।

उनलाई फिलिपे बोइसरिनले क्याच आउट गराएका हुन् । फिलिपेको बलमा पल भान मेकेरनले क्याच आउट गराएका हुन् । नेपालले ओभरको खेल सकिँदा रन बनाएको छ । नेपालले आफ्नो दुई विकेट गुमाइसकेको छ । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले रन बनाइ सकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७