जंगलमा लागेको डढेलोमा परी वृद्धाको मृत्यु


१३ बैशाख २०७८, सोमबार
dadhelo

स्याङ्जा, १३ बैसाख । जंगलमा लागेको डढेलोमा परी स्याङ्जामा एक वृद्धाको ज्यान गएको छ । आइतबार दिउँसो स्याङ्जाको आँधिखोला गाउँपालिका–१ अर्घौदीकी ७२ वर्षीया टिकाकुमारी तिवारीको मृत्यु भएको हो ।

अर्घौदीमै आफन्तको ब्रतबन्धमा गएर घर फर्किने क्रममा उनी रातोपहिरो पाखामा डढेलोमा परेकी हुन् । बाटोमा हिंडिरहेको अवस्थामा आगोको मुस्लोमा परेको र जलेर घटनास्थलमै ज्यान गएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७