‘लकडाउन’ आदेश उल्लंघन गर्दै सप्तरीमा विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ


१३ बैशाख २०७८, सोमबार
e9d8e0864ab31605e8c55cdcbcb6502c w1000 h500 cp

सप्तरी, १३ बैसाख । सरकारको लकडाउन आदेश उल्लंघन गर्दै सप्तरीमा विद्यालय खोल्ने ११ निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले विद्यालय खुला देखेपछि तिनका सञ्चालकलाई नियन्त्रणमा लिइएको हो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी काफ्लेले बताए । उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७