हेटौंडामा सडक छेउमा शव फेला


१३ बैशाख २०७८, सोमबार
death
सांकेतिक तस्विर

मकवानपुर, १३ बैसाख । हेटौंडामा एक पुरुष मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१३ मा सोमबार बिहान एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेला परेको शव स्थानीय ३२ वर्षीय जमानसिंह मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । मोक्तानको शव सडकबाट एक सय मिटरभित्र बाँझो बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार सापकोटाको टोली पुगेको र शवको मुचुल्का उठाउन काम भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृतक मोक्तानको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । शवलाई हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७