त्रिविका सबै पूर्व निर्धारित परीक्षा स्थगित


प्रकाशित मिति : April 26, 2021

काठमाडौं, १३ बैसाख । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।
हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस्