देशभरका विद्यालय अनिश्चिकालका लागि बन्द


१४ बैशाख २०७८, मंगलवार

काठमाडौं, १४ बैैसाख । दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । कोरोना महामारी भयावह बन्दै गएको ठहर गर्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो । यसअघि भने शहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए ।

अबदेखि विद्यालयहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सबै प्रकारका परीक्षा पनि गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७