आन्तरिक हवाइ उडान चालु राख्ने मन्त्रिपरिषद्को निर्णय


१४ बैशाख २०७८, मंगलवार
airport 2 scaled

काठमाडौं, १४ बैैसाख । सरकारले आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

तत्कालको लागि आन्तरिक हवाई उडान चालु राख्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । हवाई यात्रा गर्ने यात्रुले स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि भने तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७