सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई फाइदा ?


१४ बैशाख २०७८, मंगलवार
33cf401539068020554f802c65829e28 w1000 h500 cp

काठमाडौं, १४ बैैसाख । सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थप भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिए लगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।
सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्ति केन्द्रबीच चर्काे लविङ हुँदै आएको थियो ।

सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार–चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।

म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्काे वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्ने छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७