दैलेख एमालेमा नेपाल–खनाल पक्षको समानान्तर कमिटी


१४ बैशाख २०७८, मंगलवार
Dailekha Nepal samuha

दैलेख, १४ बैैसाख । दैलेखमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ । बरुनाथ योगीको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । वरिष्ठ प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ खुवाएका थिए ।

उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् । पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ । १८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए । जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा पनि सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७