प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा क्रिकेट टिमलाई नगदसहित सम्मान


११ फाल्गुन २०७४, शुक्रबार
PM Oli 1
k|wfgdGqL s]kL zdf{ cf]nL o’jf tyf v]ns’b dGqfnon] z’qmaf/ k|wfgdGqL lgjf; afn’jf6f/df cfof]lht ljZjsk lqms]6 5gf}6 r/0fdf k’Ug ;kmn /fli6«o lqms]6 6f]nLsf ;fy, sfo{qmddf ;/sf/n] lqms]6 6f]nLsf ;Dk”0f{ v]nf8LnfO{ gub ;lxt ;Ddfg u/]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं: विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।

PM Oli 1
;

बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व घोषणाअनुसार डिभिजन टू खेलेका नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाखको चेक पनि हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान पारसले सम्पूर्ण खेलाडीहरुको तर्फबाट जन्मदिनको शुभकामना दिए । २००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका ओलीले बिहीबार ६७ औं वर्षमा प्रवेश गरेका हुन् ।

नेपाल विश्वकप छनोटमा पुगेसँगै क्रिकेटको माहोल तातेको भन्दै उनले राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्छ भन्ने अपेक्षा छ ।’ खेलाडी कुनै पार्टीको नहुने भन्दै उनले देशका लागि खेल्ने र अझै ट्रफी जित्ने सपना रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७