वीरगञ्जमा थप १२४ जनामा कोरोना संक्रमण


१५ बैशाख २०७८, बुधबार
narayani hospita
dav

नेपालगञ्ज, १५ बैसाख । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २१० जनाको पीसीआर परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो । नयाँ संक्रमितमध्ये ९६ जना पर्साका, २५ जना बाराका छन् भने महोत्तरी, सर्लाही र चितवनका १–१ जना संक्रमित छन् । तीमध्ये ३४ जना महिला छन् ।

१६ देखि ७० वर्ष उमेर समूहका संक्रमितको सिटी भ्यालु १६ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७