आईपीएलमा बैंगलोरद्धारा दिल्ली पराजित


१५ बैशाख २०७८, बुधबार
118231541 f6c6ad3b c41b 4ffe 99a8 2608c9cc9e2f

काठमाडौं, १५ बैसाख । इण्डियन प्रिमियर लिग (आईपिएल) टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १ रनले हराएको छ । गए राति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७५ रन जोडे ।

जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका कप्तान ऋषव पन्तले अविजित ५८ रन तथा शिम्रन हिटमेयरले अविजित ५३ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले लिगमा पाँचौं जित निकालेको छ । बैंगलोरले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा ८ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको चेन्नाई सुपर किङ्ग्सको पनि समान ८ अंक छ । चेन्नाईले आज बेलुकी दिल्लीमा हुने खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७