युरोपियन लिगमा चेल्सीको अग्रता


१५ बैशाख २०७८, बुधबार
chelsi 1

काठमाडौं, १५ बैसाख । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् । गए राति स्पेनको मड्रिडमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलमा पाहुना टोली चेल्सीले क्रिस्चियन पुलिसिकको गोलमार्फत अग्रता लियो । तर रियालका करिम बेन्जमाले आकर्षक गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी मे ६ तारिखमा लण्डनस्थित चेल्सीको मैदानमा हुनेछ । युएफा च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राती फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७