वागमती प्रदेशमा ओली पक्षका तीन मन्त्री र एक राज्यमन्त्री थपिए


१५ बैशाख २०७८, बुधबार
dormani Paudel

हेटौंडा, १५ बैसाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ । थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७