मक्लाजुङ गाँउपालिकालाई गोर्खाज फाइनान्स रवि शाखाको सिसिटिभी सहयोग


१५ बैशाख २०७८, बुधबार
gorkhaj

काठमाडौं, १५ बैशाख । गोर्खाज फाइनान्स रवि शाखाको मिक्लाजुङ गाँउपालिकालाई सिसिटिभी सहयोग गरेको छ । एक कार्यक्रम गरेर रवि शाखाले ४ औं वर्षिक उत्सव मनाएको हो ।

वर्षिक उत्सव अवसरमा आयोजित कार्यक्रममा गोर्खाजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खाज फाइनान्स लिमिटेडबाट व्यापार प्रबर्द्धन प्रमुख सुनिता राईले मिक्लाजुङ गाँउपालिका प्रमुख अमरराज माखिमलाई सिसिटिभी हस्तान्तरण गरिन्। कार्यक्रममा प्रमुख अथिति गाँउपालिका प्रमुख अमरराज माखिम अथिती उपप्रमुख उर्मिला राई वडा नम्बर ४ का अध्क्षय रामकुमार राई लगायत गोर्खाज फाइनान्स बिर्तामोड शाखा प्रमुख रोहित इङनाम रवि शाखा प्रमुख प्रसन्न सुब्बा कर्मचारी जुनिता राई, बिक्रम थेबे, दिनेश राईको उपस्थिीमा कार्यक्रम भएको हो ।

फाइनान्सको देश भरी सातै प्रदेशमा २३ वटा शाखा कार्यालय रहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, रहेका छन् । फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७