एली–हार्दिक गुपचुप डेटिङमा !


१२ फाल्गुन २०७४, शनिबार
ali

काठमाडाैं, १२ फागुन : युवराज सिंह–हाजेल किच, हरभजन सिंह–गीता बास्रा, जाहीर खान–सागरिका घट्घे र विराट कोहली–अनुष्का शर्मापछि क्रिकेटर र बलिउड अभिनेत्रीहरुको यो सूचीमा नयाँ थपिएका जोडी हार्दिक पाण्डेय र एली एवराम हुन सक्ने भारतीय सञ्चारमाध्यममा छाएको छ ।ali

बलिउड अभिनेत्री एली एवराम र क्रिकेटर हार्दिक पाण्डेय गुपचुप रुपमा डेटिङमा रहेको खबरहरुमा उल्लेख छ । एली गत डिसेम्बरमा हार्दिकको दाइको विवाह समारोहपछि नजिकिएको बताइन्छ ।

सामाजिक सञ्जालमा पोस्टिएका तस्बिरहरुमा समेत हार्दिक पुगेका प्रायः समारोहहरुमा एली पनि पुगेको देखिन थालेपछि एली र हार्दिकको सामीप्य सबैका लागि चासोको विषय बन्न थालेको हो ।

केही दिन पहिले क्रिकेटर शिखर धवनकी पत्नीले छोरीको जन्मदिनको तस्बिर पोस्टेका बेला ती तस्बिरमा क्रिकेटरहरुका पत्नी एवं प्रेमिकासँगै एली पनि अटाएकी थिइन् । आफूहरुको सम्बन्धबारे एली र हार्दिकले सार्वजनिक रुपमा बताएका भने छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७