गोर्खाज फाइनान्सको नाफा साढे २६६ प्रतिशतले बढ्यो, ईपीएस ४२.०५ रुपैयाँ, अन्य सूचक कस्तो ?


१५ बैशाख २०७८, बुधबार
gurkhaj finince scaled

काठमाडौं, १५ बैशाख । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सोहि अवधिमा २७ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।

समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत आवको चैत मसान्तसम्ममा २५ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको संस्थाले चालु आवको सो अवधिमा २२ करोड ७९ लाख रुपैयाँ मात्रै त्यस्तो आम्दानी गरेको छ । यस अवधिमा फाइनान्सले ५८ करोड ११ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो ।

चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७८ करोड ५१ लाख रुपैयाँ छ । समिक्षा अवधिमा फाइनान्सले ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

फाइनान्सको खराब कर्जा ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा झरेको छ । सीडी रेसियो घटेर ७३.११ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ९.५२ प्रतिशत र ४.७५ प्रतिशतमा झरेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी बढेर ४२.०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७