संक्रमित स्वास्थ्यकर्मी नै सेवामा


१६ बैशाख २०७८, बिहीबार
Nurse

नेपालगञ्ज, १६ बैसाख । चार दिअघिको एउटा घटना । नेपालगञ्जस्थित कोरोना उपचार केन्द्र भेरी अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीले स्टाफ नर्स सुनिता सहकारीलाई तीन औंला देखाएर केही भन्न खोजीरहे ।

व्यक्त गरे पनि स्वास्थ्यकर्मीले बिरामीको भाष अनुमान गर्न सक्छन् । सुनिताका अनुसार ती युवा आत्तिएका थिए । ‘म तीन घण्टा मात्रै बाँच्छु भनेर इसारा गरेजस्तो लाग्यो,’ सुनिताले उक्त पलबारे सुनाइन्, मैले उनको ख्याल गरिरहें ।’ सास रहुन्जेल आश रहन्छ भने जस्तै सुनिताले औषधि लगेर खुबाइन् । ढाडस दिइन् । ती संक्रमित युवक छटपटाइरहे । तीन घण्टापछि उनी शान्त भए ।

‘औषधिले काम गरेर शान्त भए जस्तो ठानें,’ उनले भनिन्, ‘तर सधैंका लागि शान्त भइसकेका रहेछन् ।’ बिरामीको त्यो भाव र उनलाई बचाउन नसक्नुको पडाले सुनितालाई अहिले पनि पोलिरहेको छ ।’ उनले भनिन्, ‘महामारी कस्तो हुन्छ भन्ने बल्ल देखें ।’
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९ की सुनिता आफैं कोरोना संक्रमित हुन् । ६ दिनअघि उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि आफू आइसोलेसनमा बस्नुपथ्यो तर उनी बिरामीको सेवामा खटिइरहेकी छन् ।

आफू संक्रमित हुनु भन्दा डेढ महिनाअघि उनले उक्त क्यान्सरका कारण श्रीमान् गुमाउनु परेको थियो । ४७ दिनअघि काठमाडौंमा श्रीमान्को दाहसंस्कार गरेर उनी संक्रमितको जीवन बचाउने साहस जुटाउँदै भेरी अस्पताल फर्किएकी हुन् । यो पीडा उनको मनभित्र गुम्सिएको छ । उनी संक्रमितलाई भेट्दा मुस्कुराउँछिन् र संक्रमण जित्न हिम्मत प्रदान गर्छिन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७