ट्रम्पका निजी वकिलको घर र कार्यालयमा एफबीआईको छापा


१६ बैशाख २०७८, बिहीबार
trump lawyer

काठमाडौं, १६ बैसाख । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले छापा मारेको हो ।
उनले यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा मुख्य भूमिका खेलेको बताइएको छ ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका छ । सोही गतिविधिका कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाअभियोग लगाइएको थियो । बीबीसीका अनुसार अधिकारीहरूले उनको कार्यालयबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेका छन् ।

युक्रेन सरकारको तर्फबाट जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेका थिए कि भन्ने बारे पनि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । साथै गत वर्षको राष्ट्रपतिय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्‍याउन सकिने सूचना सङ्कलन गरेको आरोप पछि छ ।

ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन मुख्य भूमिका खेलेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७