हट्यो खुल्ला मञ्चको बसपार्क


१७ बैशाख २०७८, शुक्रबार
buspark
फाइल फोटो

काठमाडौं, १७ बैसाख । काठमाडौंको मध्यभागमा अवस्थित खुल्ला मञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्ला मञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

खुल्ला मञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।

खुल्ला मञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो । सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्ला मञ्च बचाऊ’ अभियान समेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्ला मञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका हुन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७