प्रतिबन्धहरु इमान्दारिताका साथ पालना गर्न डव्लुएचओको अपिल


१७ बैशाख २०७८, शुक्रबार
WHO hAg7Oi5CKC

काठमाडौं, १७ बैसाख । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले युरोपमा लगाइएको प्रतिबन्धमा कडाई नगर्ने हो भने कोरोनाको थप संक्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

डव्लुएचओका प्रमुख हैन्स क्लुगले युरोपका अधिकांश राष्ट्रहरुमा नयाँ भेरियन्ट फैलिएको बताउँदै बेलैमा सचेत रहन आग्रह गरेका छन् । उनले भेला र सम्मेलनहरुको आयोजनामा कमी नआएको कोरोना संक्रमितप्रति लापरवाही गरेको स्पष्ट भएकाले कोरोनाको महामारीले थप जटिलता आउने चेतावनी दिएका हुन् ।

उनले खोप अभियानलाई तीव्रता नदिएका कारण पनि कोरानाले मानिसको ज्यान जान सक्नेप्रति सचेत रहन अपील गरेका छन् । भारतमा कोरोना महामारीको विकराल रुप लिनुमा स्वयं भारत नै जिम्मेवार रहेकाले त्यस्तो स्थिति विश्वका अरु राष्ट्रमा आउन नदिन सचेत रहन उनले आग्रह गरेका छन् ।

अधिकांश युरोपेली राष्ट्रहरुमा संक्रमण दर कम भए पनि अझै पनि केही राष्ट्रहरुमा कोरोनाको महामारी फैलन सक्ने डव्लुएचओको प्रक्षेपण छ । यसैबीच फ्रान्सले आफ्नो देशमा लगाएको प्रतिबन्ध बिस्तारै कम गर्दै लगेको छ । त्यहाँ सभा सम्मेलन गर्न लगाइएको रोकमा केही हदसम्म फुकुवा गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७