भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव


१७ बैशाख २०७८, शुक्रबार
korona india 4

नयाँदिल्ली, १७ बैसाख । भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव हुन थालेको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खोपको समस्या हुन थालेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

भारतमा हरेक दिन संक्रमण दर उच्च हुँदै जाँदा खोप लगाउनेहरु धेरै भएकाले त्यसको अभाव भएको जनाएको हो । भारतका विभिन्न राज्यमा हाल तेस्रो चरणका खोप अभियान सञ्चालन भइरहेका बेला खोप अभाव हुन थालेको हो ।

यसैबीच भारतको मध्य प्रदेशमा यही मे १ देखि १८ वर्ष माथिका लागि नाम दर्ता गराएता पनि खोप अभावका कारण स्थगित गरिएको छ । यसैगरी गुजरात, उत्तर प्रदेश, बिहार र हरियाणा पनि खोप अभावका कारण तेश्रो चरणको अभियान स्थगीत गरिएको छ ।

यसैबीच भारतबाट नेपालले खरिद गरेको १० लाख डोज आउने पनि अनिश्चित बनेको छ । भारतमा एकै दिन हिजो ३६ सय ४५ जनाको मृत्यु हुँदा ३ लाख ७९ हअजार २ सय बढी संक्रमित भएका छन् । महाराष्ट्रमा मात्रै एकै दिन ७७१ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७