घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१७ बैशाख २०७८, शुक्रबार
gold

काठमाडौं, १७ बैसाख । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुबैको मूल्य घटेको छ । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंसहित देशका विभिन्न जिल्लामा लकडाउन भई बजारहरु बन्द भएपछि सुनचाँदी कारोबार घट्न गई मूल्यमा पनि गिरावट आएको हो ।

बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७