सर्लाहीको पेट्रोल पम्पमा लाखौं लुटपाट


१८ बैशाख २०७८, शनिबार
ad9451a67b61d0967d803fddb701868d w1000 h500 cp

सर्लाही, १८ बैसाख । सर्लाहीको एक पेट्रोल पम्पमा शुक्रबार साँझ लखौं लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ हतियारसहित आएका लुटेराहरुले हवाई फायर गर्दै लुटपाट गरेका हुन् ।

पर्सा गाउपालिका–३ का वडाध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा १० लाख रकम लुटेर लगेको सञ्चालकले बताएका छन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले ४ लाख रुपैयाँ लुटेर लगेको बताए । उपरीक्षक राठोरले घटनाको विषयमा अनुसन्धान र लुटेराहरुको खोजी कार्य भइरहेको बताए

घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको छ । लुटपाट भएको पेट्रोल पम्पदेखि सय मिटर पर नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७