भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक


१८ बैशाख २०७८, शनिबार
corona india 768x427 1

काठमाडौं, १८ बैसाख । यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुन: कोभिड १९ संक्रमण भयो यीमध्य अधिकाशं चिकित्सकमा सामानय लक्ष्ँण देखिएको थियो तरु यो घटनाले भारतमा दोस्रो लहर ल्याउने जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि गर्‍यो ।

प्रतिरक्षा प्रणलीलाई समेत छक्याइरहेको तीव्र बनाएको चिकित्सकको तर्क रहयो । तर हालसम्म देखिएका प्रमाण निर्णयक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन् । महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणली तहसनहस पारेको छ ।

यसो हुँदाहुँदै पनि यही भेरिएन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ । ‘कोभिड १९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सरगंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. संजय साद भन्छन् ।

उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो । ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ । यो समग्रमा नौलो कुरा हो । यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा. साद भन्छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७