मेरो शरीर पहाड फोड्न सक्ने फलाम जस्तो लाग्थ्यो, कोरोनाले गलायो : मदनकृष्ण श्रेष्ठ


१८ बैशाख २०७८, शनिबार
madan krishna

काठमाडौं, १८ बैसाख । कोरोना भाइरस संक्रमणपछि मेडिसिटी अस्पताल भर्ना भएका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि डिस्चार्ज भएका छन् ।

कोरोनालाई जितेर शुक्रबार साँझ आफू ८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको मदनकृष्णले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । सो क्रममा उनले कोरोनाबाट सतर्क बनौं भन्दै एउटा भिडिओ सार्वजनिक गरेका छन् । जहाँ उनले कोरोना भाइरस खतरनाक भएको र यसबाट जोगिन सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन् । भिडिओ सन्देशमा उनले भनेका छन्, ‘केही हैन रैछ जिन्दगी, पहिले शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोड्छु जस्तो लाग्थ्यो तर हावा रैछ जिन्दगी ।’

कोरोनाले मानिसलाई गलाउने र यसले ज्यानै लिनसक्ने भएकाले मास्क लगाउनु पर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नु पर्ने साथै व्यक्ति–व्यक्तिबीचको दूरी कायम गरिनुपर्ने उनको भनाइ छ । उनले कोरोना महामारीको बेलामा राजनीतिक तथा अन्य पूर्वाग्रह नराख्न पनि आग्रह गरेका छन् ।

दुई दिनको जिन्दगीमा सबैको भलो सोचेर जीवन खुशी साथ बाँच्नुपर्ने उनको भनाइ छ । गत वैशाख ६ गते मदनकृष्णले परिवारका पाँच जनामा कोरोना देखिएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७