दुई देवरसँग मिलेर श्रीमानको हत्या गरी तीनै जना फरार, कारण–अनैतिक सम्बन्ध


१८ बैशाख २०७८, शनिबार
24767a65a3f22a2eafe56a12bce7d5eb w1000 h500 cp

धनुषा, १८ बैसाख । धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका छन् । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका ३५ वर्षीय शम्भु मण्डललाई उनकै २७ वर्षीया पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार मध्यरातमा तीनै जनाले मिलेर कुटपिट गरी मोवाइल चार्जरको तारले घाँटी कसेर र धारिलो हतियार प्रहार गरेर शम्भुको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् । मृतक मण्डलको घाँटी र शरीरका विभिन्न भागमा काटिएको छ ।

श्रीमती सुशीलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमानले थाहा पाएपछि घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् । मृतक मण्डलको शव पोस्टमर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिरएको छ । घटनापछि तीनै जना फरार छन् । घटनामा संलग्न सुशीला, जय मण्डल र अनिल मण्डलको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

प्रहरीले घरायसी विवादमा हत्या उनको भएको बताएको छ । तर स्थानीयले देवरहरुसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्ध तरिकाले पतिको हत्या गरेको दाबी गरेका छन् । एक स्थानीयका अनुसार सुशीलाले एक साताअघि देवरसँग अनैतिक सम्बन्ध राख्ने क्रममा पति शम्भुले देखेका थिए । त्यसपछि शम्भुले कुटपिट गर्दा सुशीला भागेर धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित माइतीघर गएर बसेकी थिइन् ।

उनले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको माइत पुगेका थिए । त्यसपछि सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् र साँझ घर आइन् । राति घरमा तीनै जना मिलेर शम्भुको हत्या गरी फरार भागे ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७