भारतमा एकै दिनमा चार लाख बढी संक्रमित, ३,५२३ को मृत्यु


१८ बैशाख २०७८, शनिबार
korona

नयाँदिल्ली, १८ बैसाख । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामै चार लाख बढी मानिस संक्रमित बनेका छन् ।
कोरोना भाइरसको महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितको संख््या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको संख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७