म्यान्चेस्टर सिटी प्रिमियर लिग उपाधि नजिक


१९ बैशाख २०७८, आईतवार
118290918 aguero

काठमाडौं, १९ बैसाख । म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इङ्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । गए राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको हो ।

आज राति हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्नेछ । गए राति अवे मैदानमा भएको खेलमा सिटीका लागि सर्जियो अग्युरो र टोरेसले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ । गए राति नै राति भएका अन्य खेलमा चेल्सीले फुलह्यामलाई २–०, एस्टन भिल्लाले एभर्टनलाई २–१ तथा ब्राइटनले लीड्सलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७