लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


१९ बैशाख २०७८, आईतवार
Shankar Pokharel शंकर पोखरेल

बुटवल, १९ बैसाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । संसदीय दलको आज (आइतबार) बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् । जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् । आज लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन शुरु हुँदै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७