बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१९ बैशाख २०७८, आईतवार
gold

काठमाडौं, १९ बैसाख । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७