लुम्बिनीबाट नयाँ शक्ति पार्टीको ५ संकल्प (बूँदा सहित)


१२ फाल्गुन २०७४, शनिबार
Baburam Bhattarai

काठमाडौं ११ फागुन पार्टीको संघीय परिषद्को चौथो बिस्तारित बैठक सम्पन्न भएको छ । ५ बूँदे संकल्प सहित नयाँ शक्ति पार्टीको बैठक सम्पन्न भएको हो । फागुन ९ बाट लुम्बिनीमा सुरु भएको नयाँ शक्तिको संघीय परिषद्को चौथो विस्तारित बैठक शनिबार सम्पन्न भएको हो ।

बैठकले १५ जनाको विज्ञ परिषद, ३५ जनाको संरक्षक समिति र ९९ जनाको कार्यकारी समिति बनाउने निर्णय गरेको छ । ९९ मध्ये हाल ९३ जना मात्रै राखिएको छ, बाँकी पछि थपिने बताइएको छ ।

बैठक समापनपछि लुम्बिनीमा बुद्धको जन्मस्थलमा गएर लुम्बिनी संकल्प गरेको हो । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई सहित पुगको टोलीले ५ संकल्प गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Baburam Bhattarai

यस्तो छ ५ संकल्प :

१. नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन । राजनीति हाम्रा लागि सेवा गर्ने माध्यम हो, पेशा व्यवसाय हैन् । सत्ता, शक्ति, धन, पद र व्यक्तिगत प्रतिष्ठाको स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं ।

२. नयाँ शक्ति पार्टीका स्थापनाकालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं । स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य हाम्रो राजनीतिक जीवनको मुख्य लक्ष्य हुनेछ ।

३. नेपाल समृद्धीकरण को नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ शक्ति पार्टी, नेपाल समृद्धीकरणको नयाँ चरणको नेतृत्व गर्न बनेको पार्टी हो । नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न हामी आफै “नव मानव” बन्ने छौं । हाम्रो पार्टी नयाँ युगको नेतृत्व गर्ने नयाँ सोच, शैली, ढाँचाको पार्टी हुनेछ । यस्तो पार्टी निर्माण गर्न आवश्यक पर्ने जस्तोसुकै त्याग र योगदान गर्न सदैव तत्पर रहनेछौं ।

४. हामी न कहिल्यै भ्रष्टाचार गर्नेछौं– न अरु कसैले गरेको भ्रष्टाचार सहने छौँ । हाम्रो सार्वजनिक पार्टीगत तथा व्यक्तिगत जीवन सधैं स्वच्छ, सदाचारयुक्त नैतिक र पारदर्शी हुनेछ । गौतम बुद्धको ‘सम्यक जीविका’ उपदेशले हामीलाई सधैं अनुप्रेरित गर्नेछ । हामी सधै उद्यमशील बन्ने प्रयत्न गर्नेछौँ ।

५. हाम्रो दृढ विश्वास छ कि पूँजीवाद कि साम्यवाद भन्ने विसौँ शताब्दीको वैचारिक ध्रुवीकरणको चरण अन्त्य भैसकेको छ । ‘समावेसी तथा सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’ मा आधारित तेस्रो वैचारिक–राजनीतिक ध्रुव को निर्माण नै यतिखेरको ‘सम्यक दृष्टि, सम्यक संकल्प’ हो । तसर्थ, हामी काँग्रेस वा नामधारी कम्युनिष्ट दलहरुले छर्ने कुनै भ्रममा पर्ने छैनौं । नयाँ युगको आवश्यकता यी शक्तिहरुबाट पूरा हुन सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । ती दुवै धारभन्दा अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।

 

विज्ञप्तिको पूर्ण पाठ :-

आज भन्दा करिब २५ सय वर्षअगाडि गौतम बुद्धले भन्नु भएको थियो–
दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ ।
आज नयाँ शक्ति पार्टी, नेपाल बुद्ध जन्मभूमिबाट यो उद्घोष गर्दछ, कि

देशमा समस्या छ । समस्याको कारण छ । समस्याको निवारण छ । ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ ।

यो महान लक्ष्य हासिल गर्न हामी नयाँ शक्ति पार्टी, नेपालका सम्पूर्ण अभियन्ताहरु निम्न प्रतिज्ञा गर्दछौं :

१. नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन । राजनीति हाम्रा लागि सेवा गर्ने माध्यम हो, पेशा व्यवसाय हैन् । सत्ता, शक्ति, धन, पद र व्यक्तिगत प्रतिष्ठाको स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं ।
२. नयाँ शक्ति पार्टीका स्थापनाकालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं । स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य हाम्रो राजनीतिक जीवनको मुख्य लक्ष्य हुनेछ ।
३. नेपाल समृद्धीकरण को नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ शक्ति पार्टी, नेपाल समृद्धीकरणको नयाँ चरणको नेतृत्व गर्न बनेको पार्टी हो । नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न हामी आफै “नव मानव” बन्ने छौं । हाम्रो पार्टी नयाँ युगको नेतृत्व गर्ने नयाँ सोच, शैली, ढाँचाको पार्टी हुनेछ । यस्तो पार्टी निर्माण गर्न आवश्यक पर्ने जस्तोसुकै त्याग र योगदान गर्न सदैव तत्पर रहनेछौं ।
४. हामी न कहिल्यै भ्रष्टाचार गर्नेछौं– न अरु कसैले गरेको भ्रष्टाचार सहने छौँ । हाम्रो सार्वजनिक पार्टीगत तथा व्यक्तिगत जीवन सधैं स्वच्छ, सदाचारयुक्त नैतिक र पारदर्शी हुनेछ । गौतम बुद्धको ‘सम्यक जीविका’ उपदेशले हामीलाई सधैं अनुप्रेरित गर्नेछ । हामी सधै उद्यमशील बन्ने प्रयत्न गर्नेछौँ ।
५. हाम्रो दृढ विश्वास छ कि पूँजीवाद कि साम्यवाद भन्ने विसौँ शताब्दीको वैचारिक ध्रुवीकरणको चरण अन्त्य भैसकेको छ । ‘समावेसी तथा सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’ मा आधारित तेस्रो वैचारिक–राजनीतिक ध्रुव को निर्माण नै यतिखेरको ‘सम्यक दृष्टि, सम्यक संकल्प’ हो । तसर्थ, हामी काँग्रेस वा नामधारी कम्युनिष्ट दलहरुले छर्ने कुनै भ्रममा पर्ने छैनौं । नयाँ युगको आवश्यकता यी शक्तिहरुबाट पूरा हुन सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । ती दुवै धारभन्दा अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।

बुद्ध यो पनि भन्नु हुन्थ्यो –
एउटा बलेको दियोेले हजारौँ दीपहरु जलाउन सकिन्छ ।
नयाँ शक्ति पार्टी, नेपाल भन्छ –
पार्टीका प्रत्येक अभियन्ता आफैमा बलेका एक दियो हुन् । हजारौं नयाँ दीपहरु जलाउने छौं ।
नेपाली जनताको मुहारमा आज जुन अध्याँरो छ समावेसी लोकतन्त्र, सुशासन र संमृद्धिको उज्यालोले आलोकित गरिछाड्ने छौं ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७