शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलहरुको आकस्मिक बैठक


१९ बैशाख २०७८, आईतवार
sankar ppokharel

बुटवल, १९ बैसाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल फेरि नियुक्त भए लगतै विपक्षी दलहरुको आकस्मिक वैठक शुरु भएको छ । वहुमत नपुग्ने जानकारी गराउँदै लिखित पत्र समेत बुझाएको अवस्थामा प्रदेश प्रमुखले पोखरेलाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि आवश्यक रणनीतिबारे छलफल गर्न विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।

पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले जानकारी दिए । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपालगायतका विपक्षी दलहरुले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको सपथ नखुवाउन पत्र बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिए लगत्तै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, पोखरेलले बुझाएको पत्रमा सांसद विमला केसीको समेत हस्ताक्षर भए पनि उनले आफू माओवादी केन्द्रमा लागेको खुलासा भएको थियो । यसो हुँदा पोखरेलले दावी गरे जस्तो उनको पक्षमा एकल बहुमत पुग्दैन । लुम्बिनी प्रदेशमा विपक्षी दलहरुले सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।

उनीहरुले आफूहले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको बताउँदै मुख्यमन्त्रीमा दाबी रहेको जनाएका छन् ।
कांग्रेस प्रमुख सचेतक फखरुद्धिन खानले आफूहरुले ४२ जनाको हस्ताक्षर बुझाएपछि पनि सत्ताको चरम दुरुपयोग गरेर यस्तो निर्णय लिइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७