पश्चिम बंगालकी मुख्यमन्त्री ममताले भाजपा उम्मेदवारलाई १२ सय मतले जितिन्


१९ बैशाख २०७८, आईतवार
Mamata Banerjee tw5 2

काठमाडौं, १९ बैसाख । भारतको विभिन्न राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना हाल जारी छ । मतगणना जारी रहँदा पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमुल काँग्रेसले शानदार जित निकाल्ने देखिएको छ ।

यसबीचमा मुख्यमन्त्री बनर्जीले नदिग्राम क्षेत्रमा जित हात पारेकी छिन् । उनले भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीलाई १२ सय मतले जितेको इन्डिया टुडेले जनाएको छ । २९२ सिटको लागि भएको निर्वाचनमा बनर्जीको पार्टीले हालसम्म २१७ स्थानमा अग्रता लिएको छ भने ३ स्थानमा जित हासिल गरिसकेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

Capture

त्यहाँ भारतीय जनता पार्टीले त्रिणमुल कँग्रेसलाई पछ्याइरहेको छ । हालसम्म भाजपा ७४ स्थानमा अगाडि रहेको इन्डिया टुडेले जनाएको छ । यस राज्यमा सरकार बनाउनको लागि १४७ सिट भए पुग्छ । बनर्जीको पार्टीले स्पष्ट बहुमत ल्याउने भारतीय संचार माध्यमले बताएका छन् । यतिबेला बनर्जी साथै उनको पार्टीलाई बधाई दिनेको ओइरो लागेको छ । यसबीचमा भाजपाका वरिष्ठ नेता तथा देशका रक्षामन्त्री राजनाथ सिंहले पनि बनर्जीलाई बधाई दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७