विश्वमा एकै दिन थपिए पौने ७ लाख संक्रमित, आधा भन्दा बढी भारतीय


२० बैशाख २०७८, सोमबार
korona india

काठमाडौं, २० बैसाख । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पौने चार लाखमा कोरानो संक्रमण पुष्टि भएको छ । वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा तीन लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसबीचमा भारतमा ३४ सय २२ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ९९ लाख १९ हजार भन्दा धेरैमा संक्रमित भएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको कारण भारत विश्वमै सबैभन्दा धेरै प्रभावित छ । संक्रमण र मृत्युदर अनियन्त्रित बन्दै जाँदा भारतको स्वास्थ्य प्रणाली नै असफल हुने अवस्था सिर्जना भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ७८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा आधा भन्दा बढी भारतीय नै छन् । यसबीचमा विश्वभर ९ हजार ९९० जनाले कोरोना संत्रमणको कारण ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७