‘लुम्बिनीका मुख्यमन्त्रीको गैरसंवैधानिक र गैरराजनीतिक नियुक्ति कांग्रेसले स्वीकार्दैन’


२० बैशाख २०७८, सोमबार
shekhar koirala

काठमाडौं, २० बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लुम्बिनी प्रदेशमा एमालेले संविधान मिचेर सत्ताको नाङ्गो नाच देखाएको बताएका छन् ।

संविधानमाथिको यस्तो नाङ्गो नाच कांग्रेसलाई स्वीकार्य नहुने बताउँदै उनले भने, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुनै सक्दैन ।’

गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ गराइएको बताउँदै उनले थपे, ‘गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराइयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ ।’

जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा ८१ जना सांसद कायम भएपछि अविश्वास प्रस्तावलाई तुहाउन नयाँ खेल खेलेका थिए । आइतबार बिहान अचानक राजीनामा दिएर एकल बहुमतको मुख्यमन्त्रीका लागि पुनः दाबी गरेका थिए ।

प्रदेशसभाका बहुमत सांसदको समर्थन आफूलाई रहेको दाबी पोखरेलले प्रदेश प्रमुख समक्ष गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । उनीहरूले बहुमत सांसद शशरीर उपस्थित रहेको भन्दै मुख्यमन्त्रीको शपथ रोक्न प्रदेश प्रमुखको कार्यलयमा धर्ना दिएका थिए । धर्नाकै बीच प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यलय पुगेर पोखरेललाई पुनः मुख्यमन्त्रीको शपथ खुवाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७