नेपाल–खनाल पक्षका थप तीन सांसदलाई ओलीले सोधे स्पष्टीकरण


२० बैशाख २०७८, सोमबार
kp oli 2 scaled

काठमाडौं, २० बैसाख । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका थप तीन जना सांसदरुलाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशनमा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरेका छन् ।
‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले भने । ‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले बताइन् ।

‘मैले पनि नवौं महाधिवेशनको विधान अनुसार हिंडेको छु । मलाई लागेको आरोपको खण्डन गर्छु पनि भनेको छु,’ खातुनले भनिन् । तर, ७ चैतमा अध्यक्ष ओलीले संशोधन गरेको भनेको विधान भने आफूले नपढेको पनि उनले बताइन् ।

ganga chaudhari
गंगा चौधरी

‘दलको नेता रहनुभएका प्रधानमन्त्रीले बोलाउनु भएको दलको बैठकमा पनि गएको छु । तर, अहिले गाउँमा भएकाले अहिले बनेको विधान पढेको छैन,’ खातुनले भनिन् । स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ । यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७