प्रियंकाको ‘बेबीबम्प’ तस्बिर भाइरल


२० बैशाख २०७८, सोमबार
pk IU3y4N8EkK

काठमाडौं, २० बैसाख । प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

priyanka Q8YkDqIQL8

हालै इन्स्टाग्राममा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिर उनले विदेशी नक्कल गर्दै बनाएकी हुन् । जसले एकैसाथ गाली र प्रशंसा दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको निसानामा समेत परेकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् । तस्बिरमा सर्वसाधारणले दिएको प्रतिक्रियामा प्रियंका भने चुप छिन् । प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । विवाह पछि भने उनी अभिनयभन्दा समाज सेवामा सक्रिय देखिँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७