नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने


२० बैशाख २०७८, सोमबार
kp oli w1WgsmGHvj

काठमाडौं, २० बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिरहेको बताएका छन् । आज (सोमबार) देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् ।

‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील छ ।’

कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । हालसम्म कोरोनाबाट ‘अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको’ प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।

हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । यस्तै अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७