मेगा बैंकबाट ग्रिन बुटी ब्राण्डका म्याट्रेस किस्तामा पाइने


२० बैशाख २०७८, सोमबार
IMG 4606 11620039604 scaled

काठमाडौं, २० वैशाख । मेगा बैंकले क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो।

ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन्। किस्ताबन्दीमा म्याटे«स किन्दा व्याज नलाग्ने बैंकले बताएको छ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल म्याट्रेस उत्पादक नेपाली कम्पनी हो। यसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७