२०७८ बैसाख २१ गते मंगलबारको तपाईको राशिफल


२१ बैशाख २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज स्वास्थ्यमा खर्च बढ्ने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । सानो तिनो समस्यामा पनि अल्झनु पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभारम्भको चर्चा चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७