रोजागारी गुमाएर फर्किए साढे ४ लाख नेपाली


२१ बैशाख २०७८, मंगलवार

काठमाडौं, २१ बैसाख । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।
एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड १९ संकट व्यवस्थमपा सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रको अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन् ।

मलेसियाबाट ४८ हजार ६ सय ६८, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन् । सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन् ।

बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अष्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् । भारतबाट विभिन्न नाका हुँदै करिब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथयांकमा समेटिएको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७