६ वर्षपछि खुल्यो इजरायलको रोजगारी


२१ बैशाख २०७८, मंगलवार
israel tourism 8QRyaUc7zM

काठमाडौं, २१ बैसाख । सरकारले इजरायलमा केयरगिभरका लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजागरीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्विकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।

तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । वैदेशिक रोजगार विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयमा पठाएको थियो ।

मन्त्रालयले थप परिमार्जन गरी कानुन र अर्थ मन्त्तालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो । नेपाल इजरायलबीच गत असोजमा श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो ।

निर्देशिका जारी भएसागै नेपाली श्रमिक केयरगिभरका लागि इजरायल जान पाउने छन् । तर कोभिडले विश्व नै आक्रान्त बनिरहेका बेला इजरायल रोजगारी पनि प्रभावित हुन सक्ने देखिन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७