माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पत्नीसँग सम्बन्धबिच्छेद गर्दै


२१ बैशाख २०७८, मंगलवार
bill and melinda 20210504012630

काठमाडौं, २१ बैसाख । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेका छन् । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गर्‍यौं’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन ।’

उनीहरूले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताएका छन् । सम्बन्ध बिच्छेद भए पनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन् । ६५ वर्षीय गेट्सले सन् २०२० मा माइक्रोसफ्टबाट विदा लिएका थिए । उनले कोरोना महामारीकैबीच ‘फाउन्डेसनमा केन्द्रित’ हुन माइक्रोसफ्टबाट राजीनामा दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७