एमालेमा लागेका एक नगर प्रमुखसहित तीन उपप्रमुखलाई माओवादीले सोध्यो स्पष्टीकरण


२१ बैशाख २०७८, मंगलवार
09cbca11683f6a0467756e50b38bb44c w1000 h500 cp

धनुषा, २१ बैसाख । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतालाई मान्यता नदिइ पुरानै अवस्थामा फर्काए पनि केही जनप्रतिनिधिहरुले पार्टीलाई बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित तीन जना उपप्रमुखसँग स्पष्टीकरण सोधेको हो ।

शहीदनगर नगरपालिकाका नगर उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका नगर उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका नगर उपप्रमुख निलम देवी मण्डललाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै पत्र प्राप्त भएको ३ दिनभित्रमा लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न निर्देशन दिएको सो पत्रमा उल्लेख छ ।

स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका इञ्चार्ज योगकुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर रहेको छ । स्पष्टिकरण पत्रमा सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केता पनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्न तेर्स्याउँदै स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र महोत्तरीका अध्यक्ष तुलसीप्रसाद ढुंगानाले सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई समेत अन्य पार्टीको गतिविधिमा संलग्न भएको भन्दै चित्तबुझ्दो स्पष्टीकरण मागेका छन् । तर अध्यक्ष फारुकले भने स्पष्टीकरणको जवाफ दिँदै आफू माओवादी केन्द्र परित्याग नगरेको, पार्टीविरुद्ध कुनै किसिमको क्रियाकलाप नगरी आधिकारिक निर्देशन पालन गर्दै आएको दाबी गरेका छन् ।

181698089 2836725063206903 7403541408758384594 n gh4QZw5VT2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७