करणी अभियोगमा एक भारतीय पक्राउ

रुपन्देही, २१ बैसाख । एक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोविन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।