एकै समयमा माओवादी केन्द्रको स्थायी कमिटी र कांग्रेसको पदाधिकारी वैठक बस्दै

संसद बैठकअघिको रणनीति तय गरिंदै


२१ बैशाख २०७८, मंगलवार
maobadi kendra

काठमाडौं, २१ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि प्रमुख विपक्षी दलहरु आवश्यक रणनीति निर्माणमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रले आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी वैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको एक नेताले जानकारी दिएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि पदाधिकारी बैठक आजै ३ बजे राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिनको लागि संसद बैठक बोलाएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाएको हो ।

‘आज ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ,’ स्रोत भन्छ, पछिल्लो राजनीतिक परिस्थितिको व्रिफिङ, र रणनीति तय गर्न लागेको हुनसक्छ ।’ माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे पनि संख्या नपुगेको भन्दै ल्याउन आनाकानी गरेका थिए । जसपाका नेताहरुमा दुई धार देखिएका कारण अविश्वासको प्रस्ताव ल्याउन कठिन भइरहेको विपक्षी दलका नेताहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७