बैसाख २३ र २३ गते सांसदहरुको कोरोना परीक्षण


२१ बैशाख २०७८, मंगलवार
korona

काठमाडौं, २१ बैसाख । प्रतिनिधि सभा बैठक बस्नुअघि सबै सांसदहरुको पीसीआर परीक्षण हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गतेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेकी छन् ।

संसद सचिवालयका अनुसार सो बैठक अघि संघीय संसदका सबै सांसदको वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साझ ५ बजे सम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुन लागेको हो । सचिवालयका कर्मचारी, आइसीसीका कर्मचारी, मर्यादापालक लगायतको पनि स्वाव टेस्ट गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७