न्याय परिषद् सदस्य निरालाको कोरोना संक्रमणबाट निधन


२१ बैशाख २०७८, मंगलवार
laxmi bahadur nirala

काठमाडौं, २१ बैसाख । कोरोना भाइरसको सङ्क्रमित भएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ ।
मङ्गलवार बिहान निरालाको उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो ।

कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उहाँ गएको वैशाख १० गते अस्पतालमा भर्ना भएका थिए । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उनी महान्यायाधीवक्ता भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७