काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्मका लागि थपियो निषेधाज्ञा (निर्णयसहित)

उपत्यका छाड्नेहरुलाई सहजीकरण गरिने, पसल विहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने


२१ बैशाख २०७८, मंगलवार
Lockdown 41day.00 01 40 11.Still005

काठमाडौं, २१ बैसाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज (मंगलबार) बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदैछ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ ।

पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

CDO decission for lockdown 501x768 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७